दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका विभिन्न ठाउँमा शुक्रबार र शनिबार पॉच घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
मुग्लिङ् – पोखरा सडक विस्तार आयोजना अन्तर्गत आँबुखैरेनी-२, ढापटार, नारिघाट खानिखोलासम्म ११ के.भि. विद्युतीय संरचना निर्माण कार्य गर्न सत्रसय फिडर सटडाउन हुने विद्युत प्राधिकरण ऑबुखैरेनीले जनाएको छ।
ढापटार, नारीघाट, एक्लेफाँट, बरादी, सत्रसय,डुम्रि डाँडा समस्तिपुर, हिलेखर्क, घलडाँडा, चिउरिबास, नयाँ पुल, गोरखा- गोपलिङ्ग, धुँवाकोट लगायतका स्थानहरुमा शुक्रबार दिउँसो १ बजेदेखि ६ बजेसम्म विद्युत अवरुद्ध हुने जनाइएको छ ।