झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा निशुल्क स्वास्थ्य शिविर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा निशुल्क स्वास्थ्य शिविर

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०८१, शुक्रबार

    दमौली । संविधानसभा सदस्य झुलबहादुर आलेको स्मृतिमा गठित झुलबहादुर आले स्मृति प्रतिष्ठानले ऋषिङ गाउँपालिका–७ शुक्रबार निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

    शिविरमा ९१ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको प्रतिष्ठानका अध्यक्ष एवं संविधान सभा सदस्य झुलबहादुर आलेका छोरा कमलबहादुर आलेले जानकारी दिए । उनका अनुसार शिविरमा ३४ पुरुष र ५७ महिलाको परीक्षण गरिएको थियो ।

    शिविरमा करिब ८० हजार बराबरको औषधि वितरण गरिएको आलेले जानकारी दिए । उनले भने, ‘सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी शिविर गरेका हौ ।’

    शिविरमा डा. विवेक खत्री, स्टाफ नर्स उषा थापा, हेल्थ असिस्टेन्ट उत्तम रायमाझीले स्वास्थ्य जॉच गरेका थिए ।

    प्रतिष्ठानले सो वडाका वृद्धवृद्धालाई सहयोग गर्नका लागि रु दश लाख बराबरको अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषबाट प्राप्त हुने व्याजबाट वार्षिक रुपमा असहाय, विपन्न वृद्धवृद्धालाई सहयोग गरिने जनाइएको छ ।

    नेपाली काङ्ग्रेसका नेता स्वर्गीय आलेको विसं २०७९ मङ्सिर नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आले संविधान सभा सदस्य, नेपाली काङ्ग्रेसको महासमिति सदस्य, पूर्व क्षेत्रीय सभापति थिए । त्यस्तै उनले साविक कोटदरवार गाविसको अध्यक्ष, गाउँ पञ्चायत उपप्रधानपञ्च, शिवसरस्वती माध्यमिक विद्यालय अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन् ।

    आलेको योगदानलाई चीरस्थायी बनाउन कमलबहादुर आलेको अध्यक्षतामा झुलबहादुर आले स्मृति प्रतिष्ठान गरिएको छ । प्रतिष्ठानको उपाध्यक्षमा भविकुमारी आले, सचिवमा केशबहादुर आले, कोषाध्यक्षमा माया आले, सदस्यहरुमा बाबुलाल आले, मनिसरा आले, भिमबहादुर विश्वकर्मा रहेका छन् ।