दमौली । नेपाल विद्यार्थी सङ्घ तनहुँको पदस्थापन तथा प्रथम ऐतिहासिक बैठक शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष आशिष कैनीले गरेका थिए भने प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्ले थिए ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका निवर्तमान पार्टी सभापति बैकुण्ठ न्यौपाने, पूर्व पार्टी सभापति रघुनाथ पौडेल, उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिहरू श्याम कुमार मौराती र चुडामणि खनाल लगायत सहभागी थिए ।