होलीमा जबरजस्ती रङ दल्ने कार्य नगर्न तनहुँ प्रशासनको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    होलीमा जबरजस्ती रङ दल्ने कार्य नगर्न तनहुँ प्रशासनको आग्रह

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८१, मंगलवार

    दमाैली । होली पर्वमा जबरजस्ती रङ दल्ने कार्य नगर्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ । प्रशासन कार्यालयले मङ्गलबार सूचना जारी कसैको इच्छा विपरित जथाभावी रङ दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ लगाउन जस्ता कार्य नगर्न अनुरोध गरेको हो ।

    रङको माध्यमबाट एक आपसमा खुसी साटासाट गर्ने पर्वलाई मर्यादित र सभ्य रुपमा मनाउन आग्रह गर्दै प्रशासन कार्यालयले सार्वजनिक स्थानमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकरात्मक असर पर्ने जस्ता अराजक गतिविधि नगर्न सचेत गराएको छ ।

    May be an illustration of text