दमौली । जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमा बिहीबार भक्तजनको घुइँचो लाग्यो । समुन्द्र सतहबाट २१३४ मिटर उचाइमा अवस्थित ऑबुखैरेनी-५ छिम्केश्वरी मन्दिरमा पूजाआजाका लागि विभिन्न जिल्लाबाट भक्तजन आएका थिए ।
बिहीबार मात्रै करिब १० हजार भक्तजन यहॉ आएको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । यहॉ होली र नयॉ वर्षमा अत्याधिक भीड हुने गर्छ ।