दमौली। तनहुँको ऋषिङ प्रहरी चौकीका हवल्दार ओमबहादुर विक मृत अवस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक सोमबार बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
निज लामो समयदेखि मानिसक रुपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए। उनले भने, “यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”