मङ्गलबार तनहुँका केही भागमा साढे तीन घण्टा विद्युत अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मङ्गलबार तनहुँका केही भागमा साढे तीन घण्टा विद्युत अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८१, सोमबार

    दमाैली, ४ चैत । तनहुँकाे व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका केही भागमा मङ्गलबार दिउँसाे साढे तीन घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ । दमाैली सवस्टेशनकाे थर्पु फिडरमा सव स्टेसन अटाेमेशन आयाेजनाबाट अटाेमेशनकाे सामान जडान कार्य गर्न मङ्गलबार दिउँसाे १ बजेदेखि ४:३० बजेसम्म विद्युत अवरुद्ध हुन लागेकाे हाे ।

    नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार दमाैली सव स्टेसनकाे थर्पु फिडरबाट विद्युत सप्लाई हुने दमाैली बजार पश्चिम पट्टिकाे सम्पूर्ण क्षेत्रहरू साँगे, वार्हविसे, नेपालटार, सिर्दी, गुणादी, जामुने थर्पु, सेरा छाङ मनपाङ लगाएतका स्थानहरूमा विद्युत सेवा बन्द हुने जनाइएकाे छ ।