चार विद्यार्थी संगठनले आदिकविको स्ववियु निर्वाचन बहिष्कार गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चार विद्यार्थी संगठनले आदिकविको स्ववियु निर्वाचन बहिष्कार गर्ने

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८१, सोमबार

    दमौली, ४ चैत । भोलि मंगलबार हुने स्ववियु निर्वाचन व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा चार विद्यार्थी संगठनले बहिष्कार गर्ने भएका छन् । चार विद्यार्थी संगठनले सोमबार संयुक्त विज्ञप्ती जारी गरी सो जानकारी दिएका हुन् ।

    आदिकवि भानुभक्त क्याम्पस स्ववियू निर्वाचन प्रबन्ध समितिले स्ववियू निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको विषयप्रति विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

    विज्ञप्तीमा भनिएको छ, ‘ २०८१ फाल्गुन २८ गते नै हामीले प्रबन्ध समितिलाई त्रिभुवन विश्वविद्यालय निर्वाचन निर्देशिका २०८१ को दफा ७ विपरित एकपक्षीय रूपमा मनोनयन समय बढाइएको विषयमा विरोध जनाएका थियौं। तर, समितिले यस विषयमा कुनै चासो नदेखाएपछि हामी बाध्य भएर कानुनी उपचारका लागि उच्च अदालत पोखरामा पुगेका छौं। उच्च अदालतले २०८१ चैत्र ३ गते कारण देखाउ आदेश जारी गरिसकेको अवस्थामा पनि निर्वाचन प्रक्रिया अगाडि बढाइनु अदालतको मानहानी र अपहेलनासरह रहेको हाम्रो ठहर छ। यस परिस्थितिमा अनेरास्ववियु कानुनी लडाइँ जारी रहेको हुँदा निर्वाचन प्रक्रियामा सहभागी नहुने स्पष्ट गर्दछ। साथै, अखिल (क्रान्तिकारी) लगायतका संगठनले आफ्ना मागसहित निर्वाचन समिति र क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाइसकेको अवस्थाले निर्वाचनको वातावरण नबनेको देखिन्छ ।’