चैतको पहिलो मङ्गलबार थानीमाइमा भित्रिएन फूलकाे डाेली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चैतको पहिलो मङ्गलबार थानीमाइमा भित्रिएन फूलकाे डाेली

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०८१, मंगलवार

    दमाैली, ५ चैत । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाइ मन्दिरमा चैतको पहिलो मङ्गलबार फूलकाे डाेली भित्रिएन । अन्य वर्ष चैतकाे पहिलाे मङ्गलबार पनि फूलकाे डाेली भित्रिने गरेकामा यस वर्ष भने एउटा पनि डाेली नआएकाे थानीमाइ मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।

    फूलकाे डाेली नभित्रिएपनि पूजाआजाका लागि भने भक्तजन आएकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले खबरपुञ्जलाई जानकारी दिए । उनले भने, ‘करिब एक सयकाे हाराहारीमा भक्तजनले पूजाआजा गर्नुभयाे । साेमबार राति बत्ती बालेर जागाराम बस्नेकाे सङ्ख्या २६ थियाे ।’