दमाैली, ५ चैत । व्यास नगरपालिकाका विभिन्न ठाउँमा बुधबार साढे तीन घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ । दमाैली सवस्टेशनकाे साेतीपसल फिडरमा सव स्टेसन अटाेमेशन आयाेजनाबाट अटाेमेशनकाे सामान जडान गर्न बुधबार १२ बजेदेखि ३:३० बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएकाे छ ।
केन्द्रका अनुसार साेति फिडरबाट विद्युत आपूर्ति हुने दमाैली बजारकाे उत्तरपट्टिका सम्पूर्ण क्षेत्रहरू बैरेनी, सत्रसय,कलेस्ती, माझफाट, गजाैडे, दुईपिप्ले, चर्दि, वगुवा, सुर्यपाल, साेतिपसल, शिसाघाट, नरङ्गा, न्याैपानेवेसी, टाकाज्जाटार, पाेल्याङ लगायतमा विद्युत अवरुद्ध हुनेछ ।