दमाैली, ५ चैत । भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा अनेरास्ववियुका विप्लव भण्डारी अध्यक्षमा विजयी भएका छन्। नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारी गठबन्धनलाई हराउँदै अनेरास्ववियुका भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा दुई सय ५८ मतमध्ये दुई सय ४४ मत खसेको थियो ।
अध्यक्षमा विजयी भण्डारीले एक सय ३१ मत प्राप्त गरे भने अध्यक्षका प्रतिस्पर्धी नेविसङ्घ र अखिल ९क्रान्तिकारी० गठबन्धनका अमृत गैह्रेले एक सय नौ मत प्राप्त गरे ।
सचिवमा अनेरास्ववियुका अस्मिता क्षेत्री एक सय २१ मत प्राप्त गरी विजयी भए भने प्रतिस्पर्धी नेविसङ्घका दिपा रानाले एक सय २० मत प्राप्त गरे ।
कोषाध्यक्षमा अनेरास्ववियुका यसुमाया थापा एक सय ३२ मत प्राप्त गरी विजयी भए भने प्रतिस्पर्धी नेविसङ्घा कासिका रानाले एक सय सात मत प्राप्त गरे ।
सदस्यहरुमा अनेरास्ववियुका सुजन पौडेल एक सय २३, साविया खातुन मियाँ एक सय २२, विष्णु उच्चै एक सय २१, विनिता रसाइली एक सय २८ र ममता सिग्देल एक सय २२ मत प्राप्त गरी विजयी भए ।