आदिकवि भानुभक्त क्याम्पसको स्ववियु अध्यक्षमा नेविसङ्घका आले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि भानुभक्त क्याम्पसको स्ववियु अध्यक्षमा नेविसङ्घका आले विजयी

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०८१, मंगलवार

    दमाैली, ५ चैत । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी सङ्घको प्यानल विजयी भएको छ । नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनबाट स्ववियु अध्यक्षमा अनुप आले निर्वाचित भएका छन् ।

    यद्यपि निर्वाचनमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (समाजवादी) ले भाग लिएको थिएन । निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै अनेरास्ववियुले उच्च अदालत पोखरामा रिट दर्ता गरेको छ भने अखिल (क्रान्तिकारी) ले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो ।

    निर्वाचनबाट अध्यक्षमा निर्वाचित आलेले पाँच सय मत प्राप्त गरेका छन् । सचिवमा निर्वाचित सागर पाण्डेले चार सय ७१, कोषाध्यक्षमा निर्वाचित रोशन ओझाले चार सय ७९ मत प्राप्त गरेका छन् ।

    एक हजार पाँच सय ७७ मतदातामध्ये मतदानमा पाँच सय ५५ मत खसेको थियो ।