नेपाल बन्दैछ, अझ यो भन्दा ठीक बनाउँछौ : गगन थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल बन्दैछ, अझ यो भन्दा ठीक बनाउँछौ : गगन थापा

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०८१, बुधबार

    दमौली, ६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल बन्दै गरेको र अझ यो भन्दा ठीक बनाउने दावी गरेका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले बुधबार दमौलीमा आयोजना गरेको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले मति, गति र मनस्थिति बदलेर अगाडी बढ्नुपर्ने बताए ।

    अहिलेको व्यवस्था खत्तम भयो भनेर फेरि पछि फर्कन नमिल्ने बताउँदै थापाले अहिलेको व्यवस्था सुधार गर्नुपर्ने उल्लेख गरे।

    उनले भने, ‘नेपाल बन्दैछ, अझ यो भन्दा ठीक बनाउँछौ । मति, गति र मनस्थिति बदलिएर अगाडी बढ्छौ । महामन्त्री थापाले पूर्व विशिष्टहरुलाई आफूखुसी सुविधा दिने प्रचलन रहेकाले त्यसलाई व्यवस्थित बनाउन खोजिएको बताए । पूर्व विशिष्टलाई पैसा दिने होइन भन्दै उनले यसलाई सुधार गर्न कानून बनाउन खोजिएको बताए ।

    उनले भने, ‘सर्वोच्च अदालतले नै जथाभावी सुविधा नदिनु भनेर सरकारलाई आदेश दिएको छ । सरकारले उक्त आदेशको पालना गर्दै त्यसलाई व्यवस्थित गर्न खोजेको छ ।’