आईपीओको तयारीमा रहेको बन्दीपुर केवलकारले बोलायो वार्षिक साधारणसभा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आईपीओको तयारीमा रहेको बन्दीपुर केवलकारले बोलायो वार्षिक साधारणसभा

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०८१, आईतवार

    दमौली, १० चैत । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले वैशाख ६ गतेका लागि सभा आह्वान गरेको हो । सभामा कम्पनीले आईपीओ निष्काशन सम्बन्धी प्रस्तावलाई यथार्थ अविछिन्न ग्रहण गर्ने र सोही अनुसार यथाशिर्घ कार्यान्वयनमा ल्याउने निर्णय गर्नेछ । 

    कम्पनीले २०८० पौषमा आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिइसकेको छ । ३० करोड ६० लाख रुपैयाँ बराबरको ३० लाख ६० कित्ता आईपीओ निष्काशनका लागि कम्पनीले बोर्डमा निवेदन दिएको एक वर्ष वितिसक्दा पनि स्वीकृति भने पाएको छैन ।