दमौली, ११ चैत । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका क्षयरोग सम्पर्क व्यक्ति सुदीप कंडेल विश्व क्षयरोग दिवसका अवसरमा सम्मानित भएका छन् ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरले कंडेललाई राष्ट्रिय क्षयरोग कार्यक्रममा उत्कृष्ट योगदान गरे बापत सोमबार सम्मानित भएका हुन्।
सोमबार काठमाडौमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले कंडेललाई सम्मान गरेका थिए।