दमौली, ११ चैत । शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको बोर्ड सदस्यमा त्रिलोचन लम्साल मनोनित भएका छन् ।
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार विकास समिति (गठन) आदेश, २०७० (पहिलो संसोधन २०७१) को दफा ३ को उपदफा २ को खण्ड (ङ) बमोजिम चैत ७ गते बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयानुसार चार वर्ष पदावधि रहने गरी लम्साललाई बोर्ड सदस्यमा मनोनित गरिएको हो ।
लम्साल यसअघि शुक्लागण्डकी नगरपालिकाका स्वकीय सचिव रहेका थिए । उनले उक्त पदबाट राजिनामा दिएका थिए ।