तनहुँका पुष्प पराजुली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका पुष्प पराजुली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८१, बुधबार

    दमाैली, २० चैत । तनहुँका पुष्प पराजुली नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेस बिपीबाट कांग्रेस प्रवेश गरेका पराजुलीलाई गत चैत १० गतेको बैठकको निर्णय अनुसार महाधिवेशन प्रतिनिधि र केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको हो ।

    पराजुली पुस १७ गते नेपाली कांग्रेस प्रवेश गरेका थिए । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१०) र (ङ) को व्यवस्था अनुसार पराजुलीलाई उक्त पदमा मनोनित गरिएको जनाइएको छ ।