नेपाल बार एसोसिएसनको निर्वाचन : तनहुँमा मतदान सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल बार एसोसिएसनको निर्वाचन : तनहुँमा मतदान सुरु

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०८१, शनिबार

    दमौली, २३ चैत । नेपाल बार एसोसिएसन २७ औ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तनहुँमा मतदान सुरु भएको छ। तनहुँ जिल्ला अदालत बार इकाइमा शनिबार बिहान ८ बजेबाट मतदान सुरु भएको हो ।

    तनहुँबाट तनहुँ सहित लमजुङ र गोरखाका ६७ कानुन व्यवसायीले मतदान गर्ने नेपाल बार एसोसिएसन तनहुँ इकाइका अध्यक्ष डम्बरदेव हड्खलेले जानकारी दिए।

    उनका अनुसार तनहुँमा ४८, गोरखामा नौ र लमजुङमा दश जना मतदाता छन् ।

    बार एसोसिएसनको निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।