लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०८१, शनिबार

    दमौली, २३ चैत । नेपाली साहित्यमा विशेष योगदान पुर्‍याउँदै आएका लेखक आकाश अधिकारीलाई जनमत वाङ्मय प्रतिष्ठान नेपाल, बनेपा–काभ्रेपलाञ्चोकले ‘दीपा–जनमत सम्मान’ प्रदान गरेको छ।

    २०८० फागुन महिनामा जनमत साहित्यिक मासिक पत्रिकामा प्रकाशित ‘छुटेको गल्बन्दी’ शीर्षकको नाटकलाई उत्कृष्ट ठहर गर्दै प्रतिष्ठानले उक्त सम्मान प्रदान गरेको हो।

    दमौली निवासी अधिकारीलाई नेपाली भाषा, साहित्य र सिर्जनामा पुर्‍याएको उल्लेखनीय योगदानका लागि प्रशंसापत्रसहित सम्मान गरिएको जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले सम्मान कार्यक्रमका अवसरमा बताए ।

    प्रतिष्ठानले अधिकारीको उत्तरोत्तर प्रगति र निरन्तर सिर्जनात्मक योगदानको कामना पनि व्यक्त गरेको छ। सम्मान पत्र शनिबार बनेपामा आयोजित कार्यक्रममा प्रदान गरिएको हो।