प्रशासनचोकको नर्सरी साउनदेखि खाली गराइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासनचोकको नर्सरी साउनदेखि खाली गराइने

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८१, सोमबार

    दमाैली, २५ चैत । तनहुँको व्यास नगरपालिका–३ प्रशासनचोकस्थित नर्सरी साउनदेखि हटाइने भएको छ । जिल्ला समन्वय समिति तनहुँले आगामी साउन १ गतेदेखि उक्त नर्सरीको म्याद नगर्ने निर्णय गरेको हो ।

    जिल्ला समन्वय समितिले लगाइएको उक्त जग्गाको भाडा सम्झौताको म्याद विसं २०८२ असार मसान्तसम्म कायम रहेकामा साउन १ गतेदेखि सम्झौताको म्याद थप नगर्ने र हाल जग्गामा भाडामा लिई नर्सरी सञ्चालन गर्दै आएका सञ्चालकलाई उक्त जग्गा साउन १ गतेबाट अनिवार्य छाड्नका लागि अग्रिम जानकारी गराउने निर्णय गरेको हो ।

    साउन १ गतेदेखि खाली हुने उक्त जग्गाको उचित संरक्षण गराई नगरको सौन्दर्यता कायम रहने गरी आगामी वर्षको योजनामा समावेश गराई व्यवस्थापन गर्नका लागि व्यास नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको छ ।

    समन्वय समितिको उत्तरपूर्वमा रहेको साविक फराकचौर ९÷ग कित्ता नं. ३२१ को जग्गा व्यवस्थापन गर्ने क्रममा तत्कालिन जिल्ला विकास समिति तनहुँले भाडामा दिई आन्तरिक आय प्राप्त गर्दै आएकामा समन्वय समितिले त्यसलाई निरन्तरता दिएको थियो ।