दमौली, २६ चैत । व्यास नगरपालिका-४ स्थित भोर्लेटारचोकमा दमौली खानेपानी उपभोक्ता संस्थाको पाइप फुट्दा दमौली बजारमा पानी वितरण प्रभावित भएको छ। मर्मत गरेको तीन दिनमै पुन: पाइप फुटेपछि बजार क्षेत्रमा सोमबार रातिबाट पानी वितरण रोकिएको छ ।
पृथ्वी राजमार्ग सडक सुधार आयोजनाका कारण पटक-पटक खानेपानीको वितरण गर्ने पाइपमा क्षति पुर्याउँदा पानी वितरणमा समस्या पुगेको संस्थाले जनाएको छ। मंगलबार बिहानबाट पाइप मर्मत गरेर पानी वितरण गरिने जनाइएको छ ।