ऑबुखैरेनीका निजी तथा सामुदायिक विद्यालयले भर्ना र वार्षिक शुल्क नलिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका निजी तथा सामुदायिक विद्यालयले भर्ना र वार्षिक शुल्क नलिने

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०८१, मंगलवार

    दमौली, २६ चैत । ऑबुखैरेनी गाउँपालिकास्थित कुनै पनि विद्यालयले भर्ना शुल्क र वार्षिक शुल्क नलिने भएका छन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अग्रसरतामा बसेको विद्यालयका प्रतिनिधि सहितको बैठकले निजी तथा सामुदायिक विद्यालयले पुन: भर्ना शुल्क र वार्षिक शुल्क नलिने निर्णय गरेको हो ।

    केही विद्यालयले भर्नाका क्रममा शुल्क लिएको गुनासो आएपछि चुमानले यसमा चासो व्यक्त गरेका थिए । निजी विद्यालयका प्रतिनिधि सहितको शिक्षा समितिको बैठकले शुल्क नलिने निर्णय पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको चुमानले बताए । साथै विद्यालयभित्र कुनै विद्यार्थी बिरामी परे आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निशुल्क गर्ने निर्णय गरिएको चुमानले बताए ।