दमौली, २७ चैत । व्यास नगरपालिकाका विभिन्न ठाउँमा बिहीबारदेखि तीन दिनसम्म दैनिक नौ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
दमौली – भरतपुर १३२ के.भी. ट्रान्समिसन लाईनको कन्डक्टर अपग्रेडिङ कार्यका लागि दमौली सब्स्टेसनबाट वितरित थर्पु, तनहुँसुर, सोती फिडरको सम्पुर्ण र दमौली फिडर अन्तर्गत मालेबगर, अमरापुरी, गल्बुबेशी, सिमलटार, तालघरे, बागबजार, भादगाउँ , हाइस्कुलटार , चारकुने लगायत लगायत स्थानहरुमा बिहीबारदेखि शनिबारसम्म बिहान ८ बजेदेखि सॉझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।