दमौली, २८ चैत । शुक्लागण्डकी नगरपालिका-७ स्याउलीबजार निवासी क्यान्सर पीडित सात वर्षीय सायान खत्रीको उपचारका लागि चार लाख भन्दा बढी रकम संकलन भएको छ ।
स्थानीय स्तरमा गठित सायान खत्री बचाउ अभियानमार्फत् बुधबारसम्म रु चार लाख २१ हजार सात सय २९ संकलन भएको हो । अभियानका संयोजक राजेश पाण्डेले खत्रीको उपचारका लागि देश तथा विदेशबाट रकम संकलन हुने क्रम जारी रहेको जानकारी दिए ।
प्राप्त सहयोगलाई पारदर्शी बनाउन सामाजिक सञ्जालबाट विवरण प्रकाशित गरिएको छ ।
विगत चार वर्षदेखि क्यान्सरबाट पीडित खत्रीको हाल भारतस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारका लागि दुई करोड खर्च हुने चिकित्सकले बताएको परिवारजनले जानकारी दिएको छ ।