दमाैली, २८ चैत । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाएर आज दिउँसो एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–२ दमौली निवासी एघार वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
पौडी खेल्न गएका शाहीलाई शान्तिनगर तल मादी नदीले बगाएको र उनको खोजी कार्य भइरहेको प्रनाउ थापाले बताए। उनले भने, “बगाएर लैजान सक्ने सम्भावित ठाउँमा खोजी कार्य भइरहेको छ ।”