जङ्गलमा दाउरा काट्न जाँदा लडेकी महिलाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जङ्गलमा दाउरा काट्न जाँदा लडेकी महिलाको उद्धार

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०८१, शुक्रबार

    दमाैली, २९ चैत । तनहुँको व्यास नगरपालिका–१३ ओटाङ्दीस्थित जङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएकी एक महिलाको जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रबार उद्धार गरेको छ । सोही ठाउँ बस्ने २९ वर्षीया गीता नेपालीलाई प्रहरीले उद्धार गरेको हो ।

    दाउरा काट्ने क्रममा अचानक लडी जङ्गलको भिरमा अड्केर बसेको अवस्थामा सूचना प्राप्ता हुनासाथ प्रहरी कार्यालयबाट खटेको टोलीले निजको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । घाइते नेपालीको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।