गैसस महासंघ मार्ग निर्देश तथा रणनीति बनाउन परामर्श बैठक सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गैसस महासंघ मार्ग निर्देश तथा रणनीति बनाउन परामर्श बैठक सम्पन्न

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८१, आईतवार

    दमौली, ३१ चैत । गैर सरकारी संस्था महासंघ नेपालको मार्ग निर्देश तथा रणनीति बनाउने परामर्श वैठक आइतबार दमौलीमा सम्पन्न भएको छ । तनहुँ जिल्लाका क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, नागरिक समाज,मानवअधिकारकर्मीबीच परामर्श वैठक सम्पन्न भएको हो ।

    गैर सरकारी संस्था महासंघले आगमी दिनका लागि आवश्यक पर्ने मार्ग निर्देश तथा रणनीति योजना निर्माण गर्न लागेको हो । उक्त मार्ग निर्देश तथा रणनीति कस्तो बनाउँदा सहज र प्रभावकारी हुन्छ भन्ने उद्देश्यले तनहुँ जिल्लाका नागरिक समाजहरु सगं राय सुझावहरु संकल गरेको थियो ।

    गैर सरकारी संस्था महासंघ नेपाल तनहुँको अध्यक्ष सरलादेवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष अर्जुन कुमार भट्टराइले गैर सरकारी संस्थ महासंघको दिर्घकालिन रणनीतिक योजना निर्माण हुने बताए । उनले गैर सरकारी संस्थाले नागरिकहरुलाई शुसुचित गर्दै आएको बताए ।

    भट्टराइले भने, ‘राज्यको दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि गैर सरकारी संस्थाहरुको निकै ठूलो भूमिका हुने छ ,जनमैत्री खालेको बजेट निर्माण गरे नागरिकहरुको पहुँच पुग्ने थियो जस्ले गर्दा सरल सहज तरिका बाट सेवा प्राप्त गर्न सक्ने छन् ।’

    कार्यक्रममा गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य विजय प्रधानले कार्यक्रमको उद्देश्य माथि प्रष्ट पारेका थिए । कार्यक्रमको सहजिकरण केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज गोपाल खड्काले गरेका थिए ।

    रणनीतिक योजना निर्माणका लागि रायसंकलनमा गैर सरकारी संस्था महासंघ तनहुँका पूर्व अध्यक्ष दिपेन्द्र राज शाहीले गैर सरकारी संस्थाले दुर दराजमा गएर कार्यक्रम गर्ने गरेको बताए । पूर्व अध्यक्ष प्रताप लाल श्रेष्ठ (पियल)ले गैर सरकारी संस्थाहरुले उत्पादनमा आधारित कार्यक्रमहरुमा जोड दिनुपर्ने बताए ।

    कार्यक्रममा गण्डकी प्रदेश सदस्य तारादेवी खन्डुलुक थापा, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि कृष्ण चन्द्र पाण्डे, गैर सरकारी संस्था महासंघ तनहूँका उपाध्यक्ष सरिता थापा भण्डारी, सदस्य सारदा गैह्रे, शुशिला देवी शर्मा, तुलसी गान्धारी, रिसेड तनहूँका प्रतिनिधि मदन पौडेल लगायतका वक्ताहरुले आ–विचार मन्तव्य राखेका थिए । कार्यक्रममा धन्यवाद गण्डकी प्रदेशका उपाध्यक्ष पदमराज पाहारी र संचालन गैर सरकारी संस्था महासंघ तनहूँका सचिव ऋषिकान्त दुवाडीले गरेका थिए ।