दमौली, १ वैशाख : नयॉ वर्षको आयोजनामा होटल व्यवसायी संघले आइतबार सांगितिक कार्यक्रम सम्पन्न गरेको छ। व्यास नगरपालिका-३ स्थित खुल्ला मैदानमा राति १२ बजेसम्म कार्यक्रम गरिएको थियो । नयॉ वर्ष २०८२ लाई स्वागत सहित कार्यक्रम समापन गरिएको थियो ।
नयॉ वर्षमा आफ्नै ठाउँमा युवायुवतीलाई मनोरञ्जन प्रदान गर्न कार्यक्रम गरिएको होटल व्यवसायी संघ गण्डकी प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईले बताए ।
कार्यक्रममा र्यापर बुद्ध लामा, विवेक लामा, मन्जु स्यान्ताङ लगायतको प्रस्तुती रहेको थियो ।
नयॉ वर्षमा यहॉका युवायुवती बाहिर जान नपरोस् भनेर संघले विगतदेखि नै कार्यक्रम गर्दै आएको संघका अध्यक्ष गिरबहादुर थापाले बताए ।