खड्गदेवी मन्दिरमा नयाँ गहना अर्पण, पूजामा भक्तजनहरूको घुइँचो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खड्गदेवी मन्दिरमा नयाँ गहना अर्पण, पूजामा भक्तजनहरूको घुइँचो

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०८१, सोमबार

    दमाैली, १ वैशाख । बन्दीपुर गाउँपालिकास्थित खड्गदेवी मन्दिरमा आइतबार नयाँ गहना अर्पण गरिएको छ। नयाँ वर्षकाे अवसर पारेर धार्मिक विधि तथा पूजापाठका बीच सुन र चाँदीले बनेको गहना देवीलाई अर्पित गरिएको हो।

    नारायणगढ निवासी ध्रुबकुमार प्रधान र श्रीमती रामप्यारी प्रधानले आफ्ना दिवंगत आमा स्व. ऋद्धीकुमारी प्रधान र बुबा स्व. सूर्यकुमार प्रधानको स्मृतिमा गहना अर्पण गरेका हुन् ।

    बन्दीपुर–२, चण्डेनी घर बसोबास गर्ने प्रधान दम्पत्तिले सम्पूर्ण परिवारसहित खड्गदेवीलाई गहना अर्पण गरेका हुन्। सो अवसरमा चण्डीपाठ, रूद्री होम, प्राण प्रतिस्थापन लगायत सम्पूर्ण पूजाविधि सम्पन्न गरिएको थियो।

    पूजापश्चात देवीको टिका र प्रसाद ग्रहण गर्न भक्तजनहरूको ठूलो उपस्थिति देखिएको थियो। गहना औपचारिक रूपमा खड्गदेवी माई पूजा सञ्चालक समितिलाई हस्तान्तरण गरिएको छ। यस गहनालाई प्रत्येक वर्ष दशैंको फुलपातीका दिन देवीको बजार परिक्रमाको क्रममा र विजया दशमीसम्म देवीलाई सजाउने गरिने छ।

    कार्यक्रममा प्रधान परिवार, मन्दिरका पुजारी, खाँडे मगर पुजारी, समिति सदस्यहरू तथा ठूलो संख्यामा स्थानीय श्रद्धालुहरू सहभागी भएका थिए ।