दुर्घटना पश्चात फरार टिप्पर चालक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुर्घटना पश्चात फरार टिप्पर चालक पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०८१, सोमबार

    दमौली, १ वैशाख । तनहुँको म्याग्दे गाउँपालिका-१ फुस्रेखोलामा गत चैत ३० गते भएको दुर्घटना पश्चात् फरार टिप्पर चालक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका-३ बस्ने २९ वर्षीय रोशन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    ग १ ख ५८७५ नं. को टिप्पर र ग २५ प ५५२२ नं. को स्कुटर ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक व्यास नगरपालिका-६ बस्ने १८ वर्षीय मनिष आले मगरको मृत्यु भएको थियो भने १५ वर्षीया अनिशा आलो मगर घाइते भएकी थिइन् ।

    दुर्घटना भए पश्चात् फरार रहेका श्रेष्ठलाई तनहुँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।