शिक्षकको माग पूरा गर्न व्यासका मेयरको सरकारसँग माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षकको माग पूरा गर्न व्यासका मेयरको सरकारसँग माग

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८२, मंगलवार

    दमौली, १ वैशाख । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शिक्षकको मागप्रति गम्भीर हुन सरकारसँग माग गरेका छन्। मंगलबार प्रेस विज्ञप्ती जारी गरी न्यौपानेले काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनको निरन्तरताले सिर्जना गरेको शैक्षिक अवस्था प्रति ध्यान आकर्षण भएको जनाएका छन् ।

    पटकपटक शिक्षकहरुसँग भएका सहमति कार्यान्वयन नहुनुले असन्तुष्टि र विद्रोहको अवस्था सिर्जना भई जनप्रतिनिधिबाट जारी संविधान र व्यवस्थाका प्रति नै चुनौती दिन चाहनेहरुलाई मलजल पुगेको अवस्थालाई मनन गरी तत्काल शिक्षकहरूका मागहरु सम्बोधन गर्न नेपाल सरकार र सम्बद्ध राजनीतिक दलका नेतृत्वसँग न्यौपानेले आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘ नतिजा प्रकाशन गर्नुपर्ने, विद्यार्थीको भर्ना गर्नुपर्ने विद्यमान अवस्थामा विद्यालय खाली गराई लामो समयसम्म आन्दोलनमा सहभागी भइरहने र आन्दोलनका नाउँमा कतिपय शिक्षकहरु व्यक्तिगत काम देखाई अन्यत्रै गएको पाइँएको हुँदा केही सामुदायिक विद्यालयका विद्यार्थीहरू निजी विद्यालयमा पढ्न वाध्य हुने अवस्थाले अनिश्चित कालीन आन्दोलन पछि शिक्षक आ-आफ्ना विद्यालय फर्कदा कतिपयं विद्यालयहरूमा विद्यार्थी सून्य हुने अवस्था देखिन्छ । यस्तो विषम अवस्थाको समीक्षा गरी विद्यालय सञ्चालनमा सहयोग पुऱ्याउनुहुन सम्पूर्ण शिक्षकहरूमा हार्दिक अनुरोध गर्दछु ।’