नाहालाबाट डिभाइडरमा माेटरसाइकल ठाेक्किदा एक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नाहालाबाट डिभाइडरमा माेटरसाइकल ठाेक्किदा एक घाइते

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८२, मंगलवार

    दमाैली, २ वैशाख । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे बन्दीपुर गाउँपालिका-१ नाहालामा माेटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा साेही ठाउँ बस्ने ३६ वर्षीय विनाेद पाेख्रेल रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

    डुम्रे तर्फ जादै गरेको ग.प्र.००३-००१ प ०५६८ नं.को मोटरसाइकल  अनियन्त्रित भई सडकको बीचमा रहेकाे डिभाईडरमा ठक्कर खाँदा पाेख्रेल घाइते भएका छन् । उनकाे टाउकाेमा चाेट लागेकाे र उपचारका लागि चितवन मेडिकल कलेज पठाइएकाे छ ।