दमौली, ३ वैशाख । प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली काङ्ग्रेसका नेता श्रेष्ठको मंगलबार राति निधन भएको हो ।
विगत केही समयदेखि अस्वस्थ रहँदै आएका श्रेष्ठको बुधबार काठमाडौस्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने व्यास नगरपालिका–२ का वडाध्यक्ष समेत रहेका श्रेष्ठका छोरा काशीराम श्रेष्ठले जानकारी दिए ।
काङ्ग्रेसको नेतृत्वमा प्रजातन्त्रका लागि भएका विभिन्न आन्दोलनमा श्रेष्ठले सक्रिय भूमिका निभाउँदै आएका थिए ।