मोतिकुमार श्रेष्ठको निधनमा कांग्रेस तनहुँले तीन दिन पार्टीको झण्डा झुकाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मोतिकुमार श्रेष्ठको निधनमा कांग्रेस तनहुँले तीन दिन पार्टीको झण्डा झुकाउने

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८२, बुधबार

    दमौली, ३ वैशाख । नेपाली कांग्रेस तनहुँका पूर्व उपसभापति मोतिकुमार श्रेष्ठको निधनमा पार्टीको झण्डा तीन दिन झुकाइने भएको छ । कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बुधबार प्रेस विज्ञप्ती जारी बुधबार पार्टी कार्यालय बन्दी गरी पार्टीको झण्डा तीन दिन झुकाउने र पार्टी एवं भातृसंस्था एवं शुभेच्छुक संस्थाका कार्यक्रम स्थगित गर्ने निर्णय भएको जनाएका छन् ।

    श्रेष्ठको वैशाख २ गतेका दिन ९३ वर्षको उमेरमा भएको निधनले नेपाली काँग्रेस तनहुँ स्तब्ध भएको जनाउँदै विज्ञप्तीमा नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा नेपाली काँग्रेसद्धारा आयोजना भएका विभिन्न आन्दोलन एवं अभियानहरुमा सक्रिय प्रजातन्त्र सेनानी श्रेष्ठको निधनले नेपाली काँग्रेसले एक सच्चा ईमान्दार र लोकतन्त्र प्रति प्रतिवद्ध कुशल संगठनकर्ता गुमाएको महशुस गरेको उल्लेख गरिएको छ।

    स्व. मोतिकुमार श्रेष्ठले २००७ सालको बन्दीपुर लगायतका जनक्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह एवं २०४६ सालको जन आन्दोलन र २०६२/०६३ को संयुक्त जन-आन्दोलन लगायतका सँघर्षहरुमा दिलोज्यानले समर्पित भएको व्यहोरा स्मरण गर्दै नेपाली काँग्रेस तनहुँले लोकतन्त्रका अथक योद्धा गुमाएको महशुस गरेको जनाइएको छ ।