आँबुखैरेनी गाउँपालिकाले क्याम्पसलाई बस उपलब्ध गराउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिकाले क्याम्पसलाई बस उपलब्ध गराउने

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८२, बुधबार

    दमाैली, ३ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी क्याम्पसलाई गाउँपालिकाले बस उपलब्ध गराउने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा सहयोग पु¥याउने उद्धेश्यले क्याम्पसलाई गाउँपालिकाले बस उपलब्ध गराउन लागेको हो ।

    त्यसका लागि गाउँपालिका र क्याम्पसबीच बुधबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख धु्रवदत्त शर्माले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

    क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहज रुपमा आवतजावत सुनिश्चित गर्न गाउँपालिकाले बस सेवा सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले क्याम्पसलाई बस सेवा उपलब्ध गराउने र क्याम्पसले बस सञ्चालनका लागि चालकलाई तलबभत्ताको व्यवस्था गर्ने सहमति भएको चुमानले बताए ।

    गाउँपालिकाका नेतृत्वले देखाएको गम्भीरता र शिक्षामा गरिरहेको लगानीले दीर्घकालिन रुपमा स्थानीय विकासमा महत्वपूर्ण प्रभाव पार्ने क्याम्पस प्रमुख शर्माले बताए ।