ऑबुखैरेनीमा जीप र स्कूटर ठोक्किदा एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा जीप र स्कूटर ठोक्किदा एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८२, बुधबार

    दमौली, ३ वैशाख । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा बुधबार दिउँसो तरकारी बोक्ने जीप र स्कूटर ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–३ का २० वर्षीय रुपेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ च ८३९० नम्बरको तरकारी बोक्ने जीप र विपरित दिशाबाट आउँदै गरेको ग १६ प १५७० नम्बरको स्कूटर ठोक्किदा घाइते गुरुङको चितवन मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

    दुर्घटनामा स्कूटरमा सवार आँबुखैरेनी गाउँपालिका–३ का १९ वर्षीय रोहन मगर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।