दमौली, ६ वैशाख । नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा तनहुँमा विविध कार्यक्रम गरिएको छ ।
स्थापना दिवसको अवसरमा शनिबार आठ पालिकामा विविध कार्यक्रम सम्पन्न भएको छ ।
व्यास नगरपालिका अन्तर्गत दमौली अस्पतालमा वृक्षरोपण कार्यक्रम गरिएको नेविसंघ तनहुँका सभापति आशिष कैनीले जानकारी दिए ।
कैनीका अनुसार देवघाट गाउँपालिकामा अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, भानु नगरपालिकामा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
त्यस्तै आदिकवि भानुभक्त क्याम्पसमा शैक्षिक सामग्री र वृद्व आश्रममा फलफूल वितरण, भानुभक्त क्यापसमा आर्थिक सहयोग र वृद्व आश्रममा फलफूल वितरण, भिमाद नगरपालिकास्थित जनज्योति क्यापसमा वृक्षरोपण र अन्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
ऋषिङ र घिरिङ गाउँपालिकामा शैक्षिक सामग्री वितरण गरिएको कैनीले जानकारी दिए ।
दमौलीमा आयोजित कार्यक्रममा नेपाली काङ्गेस जिल्ला सभापति जितप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने लगायत सहभागी थिए ।
विगतको भन्दा फरक तरिकाले विभिन्न स्थानमा रचनात्मक कार्यक्रम गरी संगठनलाई मजबुद बनाउन र अधिवेशन सुरू गर्न जिल्लाको हरेका स्थानमा कार्यक्रम आयोजना गरेको कैनीको भनाइ छ ।