दमौली, ८ वैशाख । भिमाद नगरपालिकाले संस्थापक नगर प्रमुख मेखबहादुर थापाको निधनमा मंगलबार शोक विदा दिने निर्णय गरेको छ ।
थापाको सोमबार निधन भएकामा नगरपालिकाले मंगलबार शोक विदा दिने निर्णय गरेको हो ।
आफ्नो कार्यकालभर नगप्रमुखको रूपमा उनले पुर्याएको योगदानका साथै भिमाद नगरपालिका र नगरवासीप्रति गरेको सेवा स्मरणीय रहेको बताउँदै शोकको यस घडीमा दिवङ्गत आत्माको चिरशान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जली प्रकट गरिएको छ ।
शोकको दुःखद घडीमा मंगलबार नगरपालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक विदा दिने साथै अन्तिम श्रदाञ्जलीका लागि बिहान ११ बजेदेखि उनको पार्थिव शरीर नगरपालिकाको प्राङ्गणमा राखिने जनाइएको छ । नगरपालिकाले सोमबार विज्ञप्ती जारी गरी जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायत भिमादबासी जनसमुदायलाई सो स्थानमा उपस्थित भई श्रद्धाञ्जली अर्पण गरिदिनुहुन र शवयात्रामा सहभागी भइदिनुहुन अनुरोध गरेको छ ।