कुशल लम्साल लियो जिल्ला परिषद् ३२५ एल, नेपालका जिल्ला उपाध्यक्षमा निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कुशल लम्साल लियो जिल्ला परिषद् ३२५ एल, नेपालका जिल्ला उपाध्यक्षमा निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०८२, मंगलवार

    दमौली, ९ वैशाख । लियो क्लब अफ खैरेनीटार दुलेगौंडा मन्त्रका संस्थापक अध्यक्ष कुशल लम्साल लायन वर्ष २०२५/२६ का लागि लियो जिल्ला परिषद् ३२५ एल, नेपालको जिल्ला उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।

    कुशलको लियो यात्रा लायन वर्ष २०१७/१८ मा लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटी हुँदै सुरु भएको थियो। २०२०/२१ मा आफ्नै क्लब लियो क्लब अफ खैरेनिटार दुलेगौंडा मन्त्र स्थापना गरी संस्थापक अध्यक्षको रूपमा नेतृत्व सम्हाल्दै संगठनमा नयाँ ऊर्जा भर्न सफल भए।

    विगत सात वर्षको लियो यात्रामा उनले क्लब, विभागीय र जिल्ला तहमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् । उनले क्लव चार्टड अध्यक्ष, विभागीय को चियरपर्सन, जिल्ला टेमर, जिल्ला पिआरओ, जिल्ला कोषाध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन् ।