व्यास-३ को शुभकामना आदानप्रदान एवं फलफूल वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास-३ को शुभकामना आदानप्रदान एवं फलफूल वितरण

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०८२, मंगलवार

    दमौली, ९ वैशाख । व्यास नगरपालिका-३ ले नयॉ वर्षको अवसरमा मंगलबार वडा कार्यालयमा शुभकामना आदानप्रदान एवं ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेको छ।

    वडाध्यक्ष अनुप रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडा सदस्य दधिराज घिमिरे, वडा सचिव सावित्री आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    सो अवसरमा वडाभित्रका ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको थियो ।