दमौली, ९ वैशाख । ऑबुखैरेनी बजार क्षेत्रलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ । ऑबुखैरेनी सेवा समाजको सक्रियतामा इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले मङ्गलबारदेखि बजार क्षेत्रलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरेको हो ।
समाजले सोमबार मात्रै प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउन माग गरेको थियो ।
बजार क्षेत्रमा हर्नले ध्वनि प्रदूषण बढाएकाले हर्न निषेध क्षेत्र बनाइएको समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताए ।
मंगलबार बजारका विभिन्न ठाउँमा ‘नो हर्न’को बोर्ड राखिएको छ ।