आरिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आरिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स पराजित

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८२, बिहीबार

    काठमाडाै, २१ जेठ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। 

    स्कटल्यान्डको डन्डीमा बुधबार नेपालले नेदरल्यान्ड्समाथि ५ विकेटको जित निकालेको हो। नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

    नेपालको जितमा मध्यक्रमका ब्याटर आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। धैर्यपूर्वक ब्याटिङ गरेका आरिफले अर्धशतक प्रहार गर्ने क्रममा ७८ रन बनाए। उनले ९९ बल खेलेर ७ चौका र २ छक्का प्रहार गर्दा नेपाल जिततर्फ अघि बढ्यो।