लागुऔषध सहित ऑबुखैरेनीबाट दुई भारतीय नागरिक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    लागुऔषध सहित ऑबुखैरेनीबाट दुई भारतीय नागरिक पक्राउ

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८२, आईतवार

    दमौली, २५ जेठ । आँबुखैरेनी गाउँपालिका-४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डबाट आइतबार लागुऔषध सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारत जिल्ला महाराजगंज थाना नौतुना ग्राम सुनौली बस्ने २० वर्षीय दिपक कुमार र सोही ठाउँ बस्ने १८ वर्षीय हरिस चन्द कुमार रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले निजहरुका साथबाट २ सय थान डाइजेपाम, २ सय थान फेनरागन, २ सय थान बुफ्रिन र ९० थान नाइट्राभेट बरामद गरेको जनाएको छ ।