दमाैली, २५ जेठ । तनहुँकाे म्याग्दे गाउँपालिकाले पछिल्लो तीन वर्षको कार्यप्रगति सार्वजनिक गरेको छ । विसं २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले तीन वर्षको अवधिमा गरेका कार्यप्रगति सार्वजनिक गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले पशुतर्फ दूधमा प्रति लिटर रु दश, मासुमा अनुदान, पशु सुत्केरी पोषण अनुदान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । हलगोरु अनुदान, माछाको भुरा वितरण, बङ्गुर, बोयर बोका वितरण कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिए ।
गरिबी निवारण र रोजगारीतर्फ पहिलो वर्ष एक सय ३२ र दोस्रो वर्ष ५१ गरी एक सय ८३ घरको खरको छाना विस्थापन गरिएको बताउँदै श्रेष्ठले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रममार्फत् ९० जनालाई उद्यमी बनाइएको उल्लेख गरे ।
गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम र पर्यटन मन्त्रालयको वृद्धिमुखी उद्यमशीलता कार्यक्रमबाट २० जनालाई रोजगारी, गाउँपालिकाको उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट ४२ जनालाई रोजगारी प्रदान गरिएको श्रेष्ठको भनाइ छ । आर्थिक विपन्न घर निर्माण अन्तर्गत पहिलो वर्ष १६, दोस्रो वर्ष ३२ गरी ४८ वटा परिवारको घर निर्माण गरिएको उनले बताए ।
पर्यटनतर्फ बच्र्याङमा पर्यटन प्रबद्र्धन र होमस्टे कार्यक्रम सहित दश घरमा होमस्टे स्थापना, वडा नम्बर ४ छाङगैह्रा, वडा नम्बर ७ हर्कपुर र वडा नम्बर ६ मनपाङमा होमस्टे स्थापना गरिएको श्रेष्ठले बताए ।
खानेपानीतर्फ अर्चले माझीलाङ भावर खानेपानी योजना रु तीन करोडमा सम्पन्न, लिफ्टिङ खानेपानी, बोरिङ सञ्चालन तथा लिफ्टिङ खानेपानीको विद्युत बिल भुक्तानी कार्य गरिएको श्रेष्ठले उल्लेख गरे ।
सामाजिक तथा लक्षित कार्यक्रमतर्फ अध्यक्षसँग सुत्केरी भत्ता रु पाँच हजार, उपाध्यक्षसँग विदुर अन्तर्गत एकल पुरुष, अपाङ्ग ग र घ लाई मासिक रु पाँच सय भत्ता वितरण गरिँदै आएको श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार पूर्वाधार विकासतर्फ गाउँपालिकाको भवन एक, सभाहल भवन एक, थर्पु अस्पताल भवन एक, आधारभूत स्वास्थ्य चौकी भवन तीन, वडा कार्यालय छ वटा भवन निर्माण सम्पन्न भएको छ ।
लागत साझेदारीमा वार्षिक रु तीन करोड ५० लाखको भवन तथा सडक निर्माण, नियमित रुपमा वार्षिक दुई सयको सङ्ख्यामा वडा र गाउँपालिकाबाट विभिन्न सडक, भवन, सिचाइँ, पूर्वाधार निर्माण भएको श्रेष्ठले बताए ।
विद्युततर्फ काठेपुल विस्थापन गरी स्टील पोल दुई वर्षमा चार सय थान बढी वितरण, गाउँपालिका र विद्युतको साझेदारीमा चिस्यान केन्द्र, माझिलाङ खानेपानी योजना, ल्याण्डफिल्ड साइटमा विद्युत विस्तार लगायतका कार्य सम्पन्न भएका छन् ।
गाउँपालिकाले हालसम्म एक सय ३० वटा कानून निर्माण सम्पन्न गरेको छ । त्यसमध्ये पहिलो पदाधिकारीबाट ९० र दोस्रो पदाधिकारीबाट ४० वटा कानून निर्माण भएको श्रेष्ठले उल्लेख गरे ।