चार दिन अगाडी त्रिशुलीमा फेला परेको शवको अझै सनाखत हुन सकेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    चार दिन अगाडी त्रिशुलीमा फेला परेको शवको अझै सनाखत हुन सकेन

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८२, आईतवार

    दमाैली, २५ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपस्थित त्रिशुली नदीमा चार दिन अगाडी फेला परेको बेवारिसे शवको अझै सनाखत हुन सकेको छैन । त्रिशुली नदीमा अन्दाजी ६०÷६५ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको थियो ।

    त्रिशुली नदीमा शव भेटिएपछि प्रहरी टोलीले शवको घटनास्थल जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान गरी उक्त शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।

    हालसम्म पनि उक्त शवको सनाखत नभएको र कोहीपनि सम्पर्कमा नआएको उनले बताए । मोटो शरीर, उचाइ पाँच फिट दुई इन्च, टाउकोमा कपाल नभएको, टुप्पीको भागमा फुलेको सेतो छोटो कपाल भएको व्यक्तिको सनाखतका लागि प्रयास भइरहेको उनकाे भनाइ छ ।