दमौली, २६ जेठ । शुक्लागण्डकी नगरपालिका-७ स्याउलीबजार निवासी सात वर्षीय सायान खत्रीको निधन भएको छ। बोनम्यारो पीडित खत्रीको उपचारका क्रममा आइतबार दिल्लीमा निधन भएको हो ।
बोनम्यारो प्रत्यारोपण पश्चात् म्याक्स स्पेशलिटी अस्पतालमा उपचार गराइरहेका उनको निधन भएको सायान खत्री बचाउ अभियानका संयोजक राजेश पाण्डेले जानकारी दिए । खत्रीको उपचारमा सघाउन पाण्डेको संयोजकत्वमा अभियान चलाइएको थियो ।
अभियान मार्फत् ४४ लाख ८४ हजार ३ सय १३ संकलन भएको र सबै रकम बालकको बाबुको खातामा पठाइसकेको उनले जानकारी दिए ।