दमाैली, २६ जेठ । तनहुँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणमा परेका गुरुङलाई बन्दीपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशाेक थापाले जानकारी दिए ।
तनहुँमा पछिल्लो केही वर्ष यता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतङ्क छ ।