दमौली, २६ जेठ । तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर सोमबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
रुखमा घाँस काट्ने क्रममा हाइटेन्सन लाइनको तार छोइएर घाइते कुमालको उपचारका क्रममा बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।