६ किलो गाजा सहित ऑबुखैरेनीमा एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ६ किलो गाजा सहित ऑबुखैरेनीमा एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०८२, मंगलवार

    दमौली, २७ जेठ । ऑबुखैरेनी गाउँपालिका-४ बाट गाजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-१० स्थायी घर भई हाल पोखरा महानगरपालिका-९ न्युरोड बस्ने २५ वर्षीय दिनेश श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ ।

    मुग्लिङ तर्फबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख १६१९ नम्बरको यात्रुवाहक माइक्रो बसमा सवार श्रेष्ठबाट ६ किलो २ सय ग्राम गाजा बरामद गरिएको छ ।