अग्नीपीडित आलेलाई सहयोग जुट्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    अग्नीपीडित आलेलाई सहयोग जुट्दै

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०८२, बुधबार

    दमौली, २८ जेठ । ऋषिङ गाउँपालिका-७ पोखरीभन्ज्याङ निवासी अग्नीपीडित सनिसरा आलेलाई सहयोग जुट्ने क्रम जारी छ ।

    केही समय अगाडी ग्यास चुहिएर आगलागी हुँदा आलेले सञ्चालन गरेको पसल जलेर नष्ट भएको छ ।

    यसैक्रममा बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक वीरेन्द्र बहादर शाहीले रु दश हजार, हरिशान्ति कन्सट्रक्सनका प्रोपाइटर सुरेश घिमिरेले रु दश हजार, म्याग्दे-१ का अनिल अधिकारीले रु पॉच हजार र म्याग्दे-७ का विकास नेपालीले रु दुई हजार सहयोग गरेका छन् ।